ad ad

राजनीति


भ्रष्टाचारको हदम्यादसम्बन्धी विधेयकविरुद्ध उत्रेका कांग्रेस कार्यकर्ता पक्राउ

भ्रष्टाचारको हदम्यादसम्बन्धी विधेयकविरुद्ध उत्रेका कांग्रेस कार्यकर्ता पक्राउ

नेपालखबर
जेठ १, २०८० सोमबार १५:९, काठमाडौँ

भ्रष्टाचारको पाँच वर्षे हदम्याद विधेयक खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका नेपाली कांग्रेसका कार्यकर्ताहरु पक्राउ परेका छन्।

युवा नेता रञ्जित कर्णको नेतृत्वमा आन्दोलनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडिबाट  पक्राउ गरेको हो।  

प्रदर्शनमा हस्तक्षेप गरेर प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरु प्रेमिका रानामगर, धर्म शाही, हिक्मत शाही, मन्दिप शाहलाई गिरफ्तार गरेको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका विद्यार्थी नेताहरुलाई नयाँ बानेश्वर वृत्त, तीनकुने लगेको छ। प्रहरीसँगको वादविवादमा धर्म शाही र हिक्मत शाही घाइते भएका भट्टले जानकारी दिए।

भ्रष्टाचारको पाँच वर्षे हदम्यादसम्बन्धी विधेयक आज (सोमबार) संसदमा टेवुल हुँदैछ।

‘यो गलत हो। भ्रष्टाचारको कुनै म्याद हुँदैन, एकचोटिको भ्रष्टाचारी सधैँ भरिको अपराधी हुन्छ,’ भट्टले भने, ‘भ्रष्टाचारीलाई कानुनबमोजिम कारबाही गर्नुपर्छ। भ्रष्टाचारको हदम्याद राखेर भ्रष्टाचारको संरक्षण गर्नु गम्भीर गल्ति हो। यो तत्काल खारेज गर्नुपर्छ भनेर हामी विरोधमा उत्रिएका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .