ad ad

राजनीति


भ्रष्टाचार पक्ष र विपक्षको विषय होइन, राम्रो कामको समर्थन गर्न नडराऔं : देवेन्द्र पौडेल

भ्रष्टाचार पक्ष र विपक्षको विषय होइन, राम्रो कामको समर्थन गर्न नडराऔं : देवेन्द्र पौडेल

नेपालखबर
जेठ १, २०८० सोमबार १५:३१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरुले साझा संकल्प गर्नुपर्ने बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरू साझा संकल्पका साथ अगाडी बढ्नु जरुरी रहेको बताएका हुन्। 

उनले भ्रष्टाचारको विषय सत्तापक्ष र विपक्षको विषय नभएर आम नागरिकको साझा विषय भएकाले यसलाई नियन्त्रण गर्नु साझा दायित्व भएको बताए।

‘नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने गम्भिर प्रकारको घटना सार्वजनिक भएको छ। यो घटनामा कतिपय माननीयले यहाँ सरकारको बारेमा प्रश्न उठाउनु भएको छ,’ सांसद पौडेलले भने, ‘मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमान्दारितापूर्वक समर्थन गर्न डराउनु हुँदैन। भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन। नेपालको नागरिकहरुको साझा विषय हो।’

उनले एक अर्कालाई आरोप प्रत्यारोप नगरी छानविनलाई निस्कर्षमा पु¥याउन सम्बन्धित निकायलाई सबैले सहयोग पुर्‍याउनुपर्ने धारणा राखे।

‘के नेपाल सुशासन नभएको देश हो? के न्याय लुटिएको देश हो? के कानून मरेको देश हो? जिम्मेवारी समाप्त भएको देश हो? दायित्व गुमनाम भएको देश हो? जवाफदेहिता नभएको देश हो र?,’ प्रश्न गर्दै उनले भने, ‘यदी यि विषयहरुको प्रत्याभुति दिलाउने देशको रुपमा हामी परिचित हुनुछ भनेदेखि भ्रष्टाचारको यो अभियानमा हामी साझा संकल्पका साथ अगाडी बढ्नु जरुरी छ। आरोप प्रत्यारोप होइन। एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर, सम्पूर्ण माननीयज्युहरुसँग म विशेष अनुरोध गर्न चाहन्छु, त्यसप्रकारले विषयान्तर नगरौँ।’

भुटानी शरणार्थीको विषय गम्भिरतापूर्वक उठेको भन्दै सत्यतथ्यलाई निस्कर्षमा पुर्‍याउनको निम्ति सरकारलाई सम्बन्धित निकायहरुलाई सहयोग पु¥याउनुपर्ने सबैको साझा कर्तव्य र दायित्व रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .