राजनीति


अब कसैले पनि स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपर्दैन : स्वास्थ्यमन्त्री

अब कसैले पनि स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपर्दैन : स्वास्थ्यमन्त्री

नेपालखबर
बैशाख ३०, २०८० शनिबार २१:३१, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन्।

हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले बताए। मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने र पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताए। उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकारसमक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको दाबी गरे।

पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममम सांसद तामाङले पाल्चोक मन्दिरलाई अझै प्रचार–प्रसारको आवश्यकता रहेको बताउँदै उनले सडक स्तरोन्नति गर्न प्रदेशलाई सिफारिस गरेको र अबको आर्थिक वर्षमा योजनापर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad