राजनीति


तनावका बीच मुस्कुराउने प्रयास

तनावका बीच मुस्कुराउने प्रयास

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार ८:३५, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौँ ठगी गरेको प्रकरणमा आफ्नो पनि नाम जोडिएपछि तनावमा रहेकी नेपाली कांग्रेसकी सांसद आरजु राणा बिहीबार हेटौँडा पुगेकी छन्। उनी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन्। 

नक्कली भुटानी शरणार्थी बनाइदिएबापत करोड रुपैयाँ लिएको भन्ने संवाद रहेको अडिओ सार्वजनिक भएपछि कांग्रेस नेतृ आरजुले आफ्नो बदनाम गर्न नक्कली अडिओ बनाइएको दाबी गर्दै साइबर ब्युरोमा उजुरीसमेत दिएकी छन्।

यहीबीच उनी बिहीबार हेटौँडामा पुगेर एक कार्यक्रममा सहभागी भएकी हुन्। हेटौँडामा उनलाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले बिहीबार एक युवकलाई नियन्त्रणमा लिएको थियो। पछि छाडियो। 

यसैबीच प्रतिनिधिसभा सदस्य आरजु राणाले हेटौँडामा बिहीबार आफू सहभागी भएको कार्यक्रमका तस्बिर सामाजिक सञ्जालमार्फत शुक्रबार बिहान सार्वजनिक गरेकी छन्। उनले त्यहाँ स्वदेशी मार्टको उद्घाटन गरेकी हुन्। 

हेर्नुहोस् तस्बिर-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .