ad ad

राजनीति


सत्ताको विकल्प एमाले हो भन्ने तथ्यमा प्रश्न उठ्यो, अविलम्ब सच्चिऔं : ओली

सत्ताको विकल्प एमाले हो भन्ने तथ्यमा प्रश्न उठ्यो, अविलम्ब सच्चिऔं : ओली

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १६:३४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वैशाखमा भएको उपनिर्वाचनमा पार्टीको मतमा कमी आउनु चिन्ताजनक विषय भएको बताएका छन्। 

आज (बिहीबार) बाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनमा संख्यात्मक क्षति नभएपनि मत कम आउनु भनेको चिन्ताजनक विषय भएको उल्लेख गरेका छन्। 

उपनिर्वाचनबारे प्रतिवेदनमा व्याख्या गर्दै ओलीले गत वर्ष मंसिरमा भएको आम निर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठेको बताएका छन्। 

‘नेकपा (एमाले) ले उपनिर्वाचनमा सङ्ख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो। गतः वर्ष मङ्सिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा (एमाले) हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो। सम्बन्धित जिल्ला र प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरूलाई अविलम्ब सच्याउनुपर्छ।’ ओलीले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .