ad ad

बागमती


आन्तरिक स्रोत घटेसँगै बागमतीमा बजेटको आकार घटाइने

आन्तरिक स्रोत घटेसँगै बागमतीमा बजेटको आकार घटाइने

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १६:४२, हेटाैँडा

बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा जुटेको छ। आन्तरिक आम्दानीको स्रोत खुम्चँदै गएको बेला बागमती सरकारले बजेट निर्माणको तयारी सुरु गरेको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आव २०८०/८१ को बजेटका सीमासहित बजेट निर्माणका लागि आन्तरिक छलफल सुरु गरेको हो।

११ वटा मन्त्रालय रहेको यस प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका अन्य १० वटा मन्त्रालय र निकायलाई बजेटको सिलिङसमेत पठाएर आगामी बजेटमा समेट्नुपर्ने कार्यक्रम र योजना माग गरेको छ।

प्रदेशको आन्तरिक आम्दानीको स्रोत घटेसँगै प्रदेशको आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा कम हुने देखिएको छ।

संघीय सरकारबाट प्राप्त हुँदै आएको समानीकरण अनुदान र विभाज्य करबाट आउने राजस्वसमेत आगामी आर्थिक वर्ष कम आउने भएको छ।

संघबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटको रकमसमेत कम आउने गरी सीमा तोकेर आएको बताइएको छ।

संघबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटको रकमसँगै प्रदेशको आम्दानीको स्रोत समेत खुम्चने भएपछि प्रदेशको आगामी आर्थिक वर्षको बजेटको आकारसमेत विगतको अनुपातमा नबढ्ने देखिएको छ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार बढ्नुपर्नेमा प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका अन्य मन्त्रालय र निकायलाई बजेटको सिलिङसमेत घटाएर पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

संघबाट बजेटको सिलिङ घटेर आएको र प्रदेशको राजस्व आम्दानी घट्ने देखिएपछि मन्त्रालयले बजेटको सिलिङ घटाएर सोही अनुसारको बजेट र कार्यक्रम प्रस्ताव गर्न पत्राचार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .