ad ad

राजनीति


ओलीको प्रतिवेदन- निर्वाचनमा पपुलिष्ट शक्तिको आकर्षणलाई गहन विश्लेषण गरौं

ओलीको प्रतिवेदन- निर्वाचनमा पपुलिष्ट शक्तिको आकर्षणलाई गहन विश्लेषण गरौं

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १६:११, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा ‘पपुलिज्म’ले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरूप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषणको आवश्यक्ता रहेको बताएका छन्। 

पार्टीको आज (बिहीबार) देखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत उनले प्रियतावादी (पपुलिष्ट) शक्तिको उदयप्रति सचेत रहनुपर्ने विश्लेषण गरेका हुन्। 

‘निर्वाचनमा प्रियतावादी (पपुलिष्ट) शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय परिघटनाका रूपमा रहेका छन्,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘खासगरी युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूका बीचमा पपुलिज्मुले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरूप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ।’ 

साथै, ओलीले यस्ता पुपलिज्मले प्रश्न खडा गर्न सकेपनि समाधानको विकल्प दिन नसक्ने टिप्पणी प्रतिवेदनमा गरेका छन्। 

‘पपुलिज्मु को सीमा के हो भने उसले मौजुदा समस्या र कमजोरीहरूलाई उजागर गर्न सक्छ, प्रश्न खडा गर्न सक्छ र जनअसन्तुष्टीहरूलाई राम्रैसँग प्रयोग गर्न सक्छ, तर समाधानका विकल्प दिन सक्दैन। हाम्रो जस्तो समाजमा जनअसन्तुष्टीलाई उपयोग गर्न सजिलो छ,’ ओलीले प्रतिवेदनमा भनेका छन्।

ओलीले प्रतिवेदनमा अघि भनेका छन्, ‘हाम्रो जस्तो समाजमा जनअसन्तुष्टीलाई उपयोग गर्न सजिलो छ। तर सही दर्शन र विचारधारा नभएको, अर्थ(राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्‌ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीतिक विकल्प भने हुन सक्दैन। बरू यस्तो शक्ति कहिलेकाँही सामाजिक अराजकता र स्थापित प्रणालीका विरूद्ध विभिन्न शक्तिकेन्द्रहरूबाट उपयोग हुने जोखिम हुन्छ। त्यसैले हामीले पपुलिज्म का वर्गीय र अर्थ राजनीतिक आधार एवं भूमिकालाई मसिनो गरी केलाउँदै तदनुरूपको दृष्टिकोण निर्माण गरेर अगाडि बढ्नुपर्छ। त्यसले जुन खालि ‘स्पेस’ मा स्थान बनाउन खोज्दैछ, त्यहाँ ध्यानकेन्द्रित गर्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .