ad ad

राजनीति


गृहमन्त्री भन्छन् : नक्कली शरणार्थी प्रकरणमा अरु व्यक्ति पनि तानिन सक्छन्

गृहमन्त्री भन्छन् : नक्कली शरणार्थी प्रकरणमा अरु व्यक्ति पनि तानिन सक्छन्

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १७:३६, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भएको करोडौं ठगी प्रकरणमा अरु पनि तानिन सक्ने बताएका छन्। 

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुलाई भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन्। 

‘सरकार अहिले सुशासन स्थापित गर्दै समृद्धिको लक्ष्य हाँसिल गर्ने पक्षमा छ। सुशासन स्थापित नगरी, भ्रष्टाचार नियन्त्रण नगरी समृद्धिको लक्ष्य हाँसिल हुँदैन’, उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र ठगी गर्ने काम भएको छ। यसमा अहिले प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।’

उनले यस प्रकरणमा अरु पनि तानिन सक्ने बताएका छन्। ‘अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरु तानिनु भएको छ, उनले भने, ‘यसमा अनुसन्धान जारी रहेकाले अरु पनि तानिन सक्ने अवस्था हुन सक्छ।’

श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पूरा साथ रहेको बताए। 

‘आजको बैठकमा मेरो प्रतिपक्षी नेतासँग भेट भएन। केही दिनअघि प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट भएको थियो’, उनले भने, ‘पूर्वमा उहाँ हुँदा भएको आक्रमण प्रयासमा मैल दुख प्रकट गरेँ। भुटानी शरणार्थी प्रकरणमा पनि कोही दोषी नछुटुन्, कोही निर्दोष नपरुन् भन्ने उहाँको चासोमा म गम्भीर छु। यसको अनुसन्धानका लागि उहाँले पूर्ण साथ दिनु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .