ad ad

राजनीति


‘सूर्तिजन्य पदार्थ नखाए स्वास्थ्य जोगिन्छ, खाए राज्यलाई ट्याक्स बढ्छ’

‘सूर्तिजन्य पदार्थ नखाए स्वास्थ्य जोगिन्छ, खाए राज्यलाई ट्याक्स बढ्छ’

नेपालखबर
बैशाख २७, २०८० बुधबार १७:४९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताएका छन्।

मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग अन्तक्रियामा उनले सूर्तिजन्य पदार्थमा अन्त्यन्तै कम कर भएकाले त्यसलाई बढाउनुपर्ने बताएका हुन्।

‘सूर्तिजन्य पदार्थमा कर अत्यन्तै कम छ, कर बढाउनुपर्छ। सूर्तिजन्य पदार्थ नखाए स्वास्थ्य जोगिन्छ। खाए राज्यलाई ट्याक्स बढ्छ’ मन्त्री बस्नेतले भने।

मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ६ प्रतिशत घटेको बताउँदै समग्रमा स्वास्थ्यमा ४० प्रतिशत बजेट घटेको बताए।

‘समग्र स्वास्थ्यको ४० प्रतिशत बजेट घटेको छ,’ उनले भने, ‘म मन्त्री भएर आएको कम समय भएकाले बजेटका बढाउनका लागि पहल गर्ने समय कम भयो।’

त्यस्तै मन्त्री बस्नेतले एक महिना पहिला नै स्वास्थ्य मन्त्रीमा आफ्नो नाम सिफारिस भएकाले त्यो बेलादेखि नै स्वास्थ्य क्षेत्रको कमिकमजोरी नियालिरहेको बताए।

‘सबै कुराको औषधि हुन्छ। व्यथितीको औषधि पनि मसँग छ,’ उनले भने, ‘त्यसका लागि सबैको साथ चाहिन्छ। म स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार ल्याउने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .