ad ad

राजनीति


ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ

ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ

फाइल फोटो


नेपालखबर
बैशाख २७, २०८० बुधबार १६:३२, काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताए।

उनले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए। उनले देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको बताए।

उनले भने, ‘यिनै विकृति, विसंगति, बेथितिले हाम्रो अनुहार लत्पतिन थाल्यो यो दल त्यो दल होइन सबै चुर्लुम्म डुब्यो भनेर केन्द्रीय समितिमा ठूला नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर बहस छेडेको थिएँ। नेपालीलाई पनि भूटानी शरणार्थी बनाइयो, यसमा अनुसन्धान हुनुपर्छ भनेर मैले पहिला भनेको हो। हामी मुलुकको रुपान्तरण खोज्छौँ भने हामीले सबैभन्दा पहिला आफैँ रुपान्तरण हुन आवश्यक छ। भ्रष्ट प्रवृत्तिको अन्त्य हुनैपर्छ। जबसम्म भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ कारबाही गर्दैनौँ, तबसम्म भइरहन्छ।’

मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताकासाथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .