ad ad

राजनीति


प्रधानमन्त्री भन्छन् : अहिले पनि राजनीतिक जटिलता छ, तर सबै कुरा भन्दिनँ

प्रधानमन्त्री भन्छन् : अहिले पनि राजनीतिक जटिलता छ, तर सबै कुरा भन्दिनँ

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय र सुशासनको पक्षमा सरकारको कामलाई तीव्रता दिने बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याया र सुशासनको पक्षमाा काम गर्ने भनेको छ,’ उनले सम्बोधनका क्रममा भने, ‘सरकारले राम्रा काम गर्ने भनेको छ, सामाजिक न्यायका लागि काम गर्ने भनेको छ। त्यस दिशामा हामी अघि बढेका छौँ।’

सम्बोधनका क्रममा प्रचण्डले राजनीतिक जटिलता आइरहने पनि बताए। ‘जटिलता त राजनीतिमा आइरहन्छन्’, उनले अगाडि भने, ‘अहिले पनि राजनीतिक जटिलता छ, तर अहिलेनै म सबै कुरा भन्दिनँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .