ad ad

राजनीति


नागरिकता विधेयकबारे छलफल गरेर राष्ट्रपतिले संसदको अधिकार खोसे : रघुजी पन्त

नागरिकता विधेयकबारे छलफल गरेर राष्ट्रपतिले संसदको अधिकार खोसे : रघुजी पन्त

नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:३७, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिट अनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले संविधानको संरक्षकको रुपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्क समेत गरे।

उनले सो विधेयक तत्काल संसदमा पेश गर्न सरकारसँग माग पनि गरे। आफूहरु सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाई थियो।

उनले भने, ‘राष्ट्रपतिले छलफल गरिरहनु भएको छ निष्क्रिय भएर थन्किएर बसेको नागरिकता विधेयकमा। आज पनि त्यो समाचार दैनिक पत्रिकाहरुमा पढ्दा बडा दुःख लागेको छ। म सरकारलाई आग्रह गर्दछु–त्यो नागरिकता विधेयक तुरुन्त यो प्रतिनिधिसभाका ल्याएर दर्ता गरोस्। त्यसमाथि छलफल सुरु गरोस । हामी त्यसलाई छिटोभन्दा छिटो छलफल गरेर, दिनरात छलफल गरेर पारित गर्न तयार छौं।’

सांसद पन्तले संघीय संसदको अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने बताए। उनले संविधानको संरक्षकले नै संविधान मिचेको भन्दै राष्ट्रपतिमाथि प्रश्न उठाए।

उनले भने, ‘धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपति झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ? संविधानको संरक्षकले गर्ने काम हो यो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .