ad ad

राजनीति


पूर्व गृहमन्त्री पक्राउ परेपछि सरकारलाई रविको धन्यवाद

पूर्व गृहमन्त्री पक्राउ परेपछि सरकारलाई रविको धन्यवाद

फाइल तस्बिर।


नेपालखबर
बैशाख २७, २०८० बुधबार ११:१३, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा धमाधम हाईप्रोफाइल व्यक्ति समातिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन्।

प्रहरीले बुधवार बिहान पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ। खाँण पक्राउ परेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, 'धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू, यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।'

बुधबार बिहान पूर्व गृहमन्त्री खाँण र उनका निजी सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको थियो।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .