ad ad

राजनीति


संसद भ्रष्टाचारीहरुलाई जोगाउने थलोमा परिणत भयो : तोसिमा कार्की

संसद भ्रष्टाचारीहरुलाई जोगाउने थलोमा परिणत भयो : तोसिमा कार्की

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १३:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नक्कली शरणार्थी प्रकरणमा देशका ठूला निकाय र नेता नै संलग्न रहेको आरोप लगाएकी छन्। 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाइटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई आग्रह गरिन्।

उनले संसद पनि भ्रष्टाचारीहरुको अखडा हुँदै गएको भन्दै आपत्ति प्रकट गरेकी छन्। 

‘प्रश्न छ–यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने स्थल हो? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आइरहेको छ’, उनले भनिन्।

प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको उनको आरोप छ।

'एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने? अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई नै, राज्यलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने?,' उनले भनिन्, 'सबै सांसदहरुको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस्। करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .