ad ad

राजनीति


राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल निर्वाचित

राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल निर्वाचित

नेपालखबर
बैशाख २५, २०८० सोमबार १८:४८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छिन्।

आइतबारदेखि राजधानीमा जारी महाधिवेशन उपाध्यक्ष, महासचिव सहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ।

महाधिवेशनले उपाध्यक्ष पदमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान (सिन्धुपाल्चोक)लाई निर्वाचित गरेको छ।

महासचिव स्याङ्तान राप्रपाको तर्फबाट बागमती प्रदेश सभाकी सदस्य समेत हुन्।

मनोनीत हुने उपाध्यक्ष पदमा सिजन श्रेष्ठ (काठमाडौं) र सरस्वती श्रेष्ठ (रामेछाप), महासचिवमा रञ्जना सेन ठकुरी (कास्की) र चम्पा अधिकारी (काठमाडौं)लाई सहमतिका आधारमा महाधिवेशनबाट नै चयन गरिएको छ ।

संगठनको महाधिवेशनबाट पारित विधानअनुसार भएको निर्वाचनबाट विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यहरु निर्वाचित भएका छन्। 

महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै विधान अनुसारको सदस्य समेत निर्वाचित गरेको छ। यसअघि संगठनकी महाधिवेशन आयोजक समितिकि संयोजक रावलले बन्द सत्रमा पेश गरेको संगठनको राजनीतिक र सांगठनिक प्रतिवेदन एवं सदस्य सचिव कुमारी स्याङ्तानले पेश गरेको विधानको मस्यौदा सामान्य संशोधन सहित पारित गरेको थियो।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता, पार्टीका केन्द्रीय सदस्य राजु बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता बस्नेत, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, युवा संगठनका संयोजक अधिवक्ता सुजित केसी र अधिवक्ता नानी थापा सदस्य रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .