नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले नेपालमा कर्मचारी फसाउने र नेता जोगाउने खालको भ्रष्टाचार भइरहेको दाबी गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रतिनिधिसभा बैठकमा आफ्नो भनाई राख्दै सांसद सिंहले देशको मुख्य समस्या नै भ्रष्टाचार रहेको बताए।
‘हाम्रो देशको मुख्य समस्या भ्रष्टाचार हो। सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल बनेको छ। कर्मचारी फसाउने र नेता जोगिने खालको भ्रष्टाचार भइरहेको छ,’ उनले भने, ‘अहिले भुटानी शरणार्थीको नाममा कसरी समिति भयो? विभिन्न अडिओ आइरहेको छ। बहालवाला सचिव पहिलोपटक थुनामा गएको छ।’
उनले राजनीति मिलिजुलीको आधारमा राजनीतिक व्यक्तिलाई उम्काउन नमिल्ने बताए।
‘राजनीति मिलिजुली गरेर राजनीतिक व्यक्तिलाई उम्काउन जनता स्वीकार गर्दैन। जनता पनि स्वीकार गर्न सक्दैन। भ्रष्टाचारको उच्चस्तरिय आयोग बनाएर छानविन हुनुपर्छ,’ उनले भने।
Shares
प्रतिक्रिया