ad ad

राजनीति


ओलीले मलाई प्रधानमन्त्रीको अफर गरेका होइनन् : रवि लामिछाने

ओलीले मलाई प्रधानमन्त्रीको अफर गरेका होइनन् : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर नगरेको  बताएका छन्। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय सुनाउँदै उनले यस्तो बताएका हुन्। 

‘हुन त सरकारमा हामी पनि आइदिए हुन्थ्यो भन्ने थियो। तर जनमतको कदर गर्नुपर्ने बाध्यता हामीमा छ। संगठन निर्माण र पार्टी निर्माणमा लाग्नुपर्ने छ,’ उनले भने, ‘अब हामी प्रतिपक्षमा गइसकेका छौँ। यदि प्रधानमन्त्री भएको खण्डमा म सय दिनमै केही गरेर देखाउन सक्छु।’

उनले एमाले अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्रीको अफर गरेको कुरा पनि इन्कार गरे। 

‘केपी ओलीले मलाई प्रधानमन्त्रीको अफर गर्नु भएको छैन’, उनले भने, ‘उहाँले पनि यसअघि नै यो कुरा भनिसक्नु भएको छ। यसमा कुनै शंका नगरे हुन्छ।’

उनले अब एमालेसँग प्रतिपक्षी गठबन्धन बनाउने विषयमा कुरा भइनसकेको बताए। ‘कोहीसँग गठबन्धन बनाउनुपर्छ भन्ने पक्षमा छैनौँ। तर गठबन्धनका नाममा हामी अस्थिरताको पक्षमा छैनौँ’, उनले भने, ‘तर हामी सरकार ढाल्ने बनाउने खेलमा लाग्दैनौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .