राजनीति


प्रचण्डलाई पदाधिकारी नेताहरूको सुझाव– कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम बनाउनू

प्रचण्डलाई पदाधिकारी नेताहरूको सुझाव– कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम बनाउनू

नेपालखबर
बैशाख २१, २०८० बिहिबार २२:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम बनाउन सुझाव दिएको छ। 

बिहीबार काठमाडौमा उपलब्ध पदाधिकारीसँग प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले छलफल गरेका थिए । 

‘नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको आशय, झल्को र उद्देश्य झल्कनुपर्छ भन्ने सुझाव आयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘साना कार्यक्रम भन्दा ठूला र दीर्घकालीन महत्वको कार्यक्रम र योजना ल्याउनुपर्छ।’

छलफलमा अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको भेटबारे जानकारी दिएका थिए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे पनि छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad