ad ad

राजनीति


कांग्रेसले नेविसंघ र तरूण दललाई भोलिसम्म पूर्णता दिने

कांग्रेसले नेविसंघ र तरूण दललाई भोलिसम्म पूर्णता दिने

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरूण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भएको छ।

कांग्रेसले शुक्रबार साँझसम्म नेविसंघ र तरूण दललाई पूर्णता दिन तयारी गरेको हो।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले दुवै संगठनका कार्यसमितिहरु पूर्णता दिने निर्णय गरेको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन्।

‘आजको बैठकले नाम संकलन भइसकेका भ्रातृ संस्थाहरूको पूर्णता दिँदै जाने निर्णय गरेको छ,’ उनले भनिन्, ‘यसका लागि भोलि पनि हामी बैठक बसेर भ्रातृ संस्थाहरूको समिति भोलिबाटै पूर्णता दिन थाल्छौँ।’

२०७८ मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनपछि कांग्रेस तल्लो तहसम्मै चलायमान भए पनि भ्रातृ संगठनहरु भने लथालिङ्ग अवस्थामा छन्। केन्द्रदेखि वडासम्म ७ तहका कार्यसमिति गठन गरेर चलायमान बनेको कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठन नेतृत्वविहीन अवस्थामा छन्।

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुलाई गतिशील बनाउन भन्दै १३ वटामध्ये १० वटाको केन्द्रीय कार्यसमिति विघटन गरे पनि अधिकांश संगठनले अझै नेतृत्व पाएका छैनन्।  

२०७८ फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले विघटन गरेका १० मध्ये ३ वटा भ्रातृ संगठनहरुले मात्रै केन्द्रीय नेतृत्व पाएका छन्। केन्द्रीय नेतृत्व पाउनेमा कांग्रेसको ‘नर्सरी’ मानिने नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघ रहेका छन्।

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघले केन्द्रीय कार्यसमिति विघटन गरिएको एक वर्ष नाघिसक्दा पनि नेतृत्व पाउन सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .