राजनीति


प्रदेश संरचना घाँडो भयो, अब खारेज गर्नुपर्छ : कमल थापा

प्रदेश संरचना घाँडो भयो, अब खारेज गर्नुपर्छ : कमल थापा

नेपालखबर
बैशाख १८, २०८० सोमबार १८:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन्। 

१३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपालनिकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणु बनेको प्रदेश संरचना खारेज गरेर केन्द्र र स्थानीय तहमा अधिकारसम्पन्न सरकार बनाउन आग्रह गरे। 

थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै सीमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए। 

भ्रष्टाचारको विरोध गर्ने , सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटबारे बोल्न अल्छी गर्नु बिडम्बना भएको उनको तर्क थियो। 

माओवादी शान्ति प्रक्रियामा आउनु राम्रो भए पनि त्यसको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्वीकार्य नहुने थापाले बताए।

उनले अयोग्य लडाकुको नाममा करोडौँ बाँड्ने कुरा आपत्तिजनक भएको स्पष्ट पारे। 

व्यक्ति परिवर्तनले मात्रै मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनीतिक मार्गचित्र फेरिनु पर्नेमा थापाले जोड दिए। 

'बाटो गलत भएपछि गाडीको ड्राइभर र खसासी फेरेर मात्रृ गन्तव्यमा पुग्न सक्किन्न, गन्तव्यमा पुग्ने हो भने मार्ग परिवर्तन गर्नुपर्छ', उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad