सशस्त्र प्रहरीले झापाको कचनकवल गाउँपालिका लोदावारी चोकबाट ११५ कार्टुन स्याउ बरामद गरेको छ।
शंका लागी चेकजाँच गर्दा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा अन्दाजी दुई लाख रुपैयाँ मूल्यको ११५ कार्टुन फुजि स्याउ बरामद गरेको एपीएफले जनाएको छ।
अन्दाजी ५ लाख रुपैयाँ पर्ने सो गाडीसहित बरामद स्याउ आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ।
यसैगरी कचनकवल गाउँपालिका४ पूर्व लोदावारीस्थित गोदाममा स्याउ स्टोर गरी राखेको भन्ने विषेश सूचनाको आधारमा खानतलासी गर्दा ४५६ कार्टुन अन्दाजी मूल्य रु. ७ लाख ९२ हजार ९८४ बराबरको स्याउ बरामद गरेको सशस्त्रले जनाएको छ।
69
Shares

प्रतिक्रिया