ad ad

राजनीति


प्रधानमन्त्री भन्छन्– रास्वपाले समर्थन फिर्ता लिँदैन

प्रधानमन्त्री भन्छन्– रास्वपाले समर्थन फिर्ता लिँदैन

नेपालखबर
बैशाख १८, २०८० सोमबार १०:२६, काठमाडौँ

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुनेबारे छलफल भइरहेकाले समर्थन फिर्ता नलिने दाबी गरेका छन्। 

सोमबार चितवनस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन्।

‘मैले उहाँसँग कुरा गरिसकेको छु। सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुन्न, बरु सरकारमा आउने बारेमा छलफल चलिरहेको छ’, प्रचण्डले भने, ‘मैले पनि गठबन्धनमा सल्लाह गरेर केही दिनपछि फेरि भेट्ने र टुंगोमा पुग्ने भन्ने छ। समर्थन फिर्ता लिने स्थिति बन्दैन।’

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच आइतबार बालुवाटारमा बधाई भेटवार्ता भएको थियो। 

लामिछानेले सरकारमा आउनेबारे पार्टीमा सल्लाह गर्ने भनेर आफूलाई बताएको प्रचण्डको भनाइ छ।

सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा आजै रास्वपाको बैठक बस्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .