राजनीति


रविलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, भने– भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो, तयार छु

रविलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, भने– भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो, तयार छु

चितवनको शिवनगरस्थित प्रधानमन्त्रीको प्रचण्डको निवासमा आयोजित पत्रकार सम्मेलन।


नेपालखबर
बैशाख १८, २०८० सोमबार ९:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सामेल हुन आग्रह गरेका छन्। 

आज बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन्।  

यसका लागि आफू जुनसुकै भ्रष्टाचारका फाइल खोल्न तयार रहेको प्रधानमन्त्री प्रचण्डले बताए। 

‘सरकारमा आउनूस्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु।’

यसैबीच सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने विषयमा आजै रास्वपाको बैठक बस्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .