ad ad

खेल


पानी परेपछि रोकियो नेपाल-यूएईबीचको खेल

पानी परेपछि रोकियो नेपाल-यूएईबीचको खेल

नेपालखबर
बैशाख १८, २०८० सोमबार १०:२९, काठमाडौँ

पानी परेपछि नेपाल र यूएईबीचको खेल रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

ब्याटिङ गरिररहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। 

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। पाचौँ ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए। 

८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए। सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। 

नेपाल ओडीआई वरीयताको १४ औँ र यूएईको १९ औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .