अर्थ मन्त्रालयमा सहचिवहरूको जिम्मेवारी हेरफेर भएको छ।
धनिराम शर्माले प्रवक्ताको र योजना अनुगमन र मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्।
यसअघि प्रवक्ता तथा अनुगमन महाशाखा प्रमुख रहेका आनन्द काफ्लेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।
विष्णु पौडेल अर्थमन्त्री रहेको समयमा शर्मालाई योजना आयोगबाट अर्थमन्त्रालय सरुवा गरेर बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो।
अर्थमन्त्री प्रकाशशरण महतले यसअघि नै बजेट महाशाखा प्रमुखको जिम्मेवारी उत्तरकुमार खत्रीलाई दिइसकेका छन्।
योजना आयोग सरुवा भइसकेका सुमन दाहाल अहिले पनि आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सुमन दाहाल छन्। उनले सुरुवाको पत्र बुझिसकेका छैनन्।
वित्तीय क्षेत्र विश्लेषण संस्थान समन्वय महाशाखा प्रमुखमा भूपाल बराल र अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल छन्।
कानुन महाशाखा प्रमुखमा अर्जुन कुमार खड्का र राजश्व महाशाखा प्रमुखमा रितेश शाक्य रहेका छन्।
Shares
प्रतिक्रिया