ad ad

राजनीति


उपनिर्वाचनले कांग्रेस सच्चिनुपर्ने सन्देश दियो : डा. मीनेन्द्र रिजाल

उपनिर्वाचनले कांग्रेस सच्चिनुपर्ने सन्देश दियो : डा. मीनेन्द्र रिजाल

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार ११:३०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले भर्खरै सम्पन्न उपनिर्वाचनले पार्टीको चरित्र र गतिशीलता पुन:स्थापति गर्नुपर्ने सन्देश दिएको बताएका छन्। 

उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा विजयी उम्मेदवारहरुलाई बुधबार शुभकामना दिँदै उनले यसको परिणामले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापना गर्नुपर्ने सन्देश दिएको बताएका हुन्। 

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्ययप्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताका लागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’, रिजालले ट्विटरमा लेखेका छन्, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रस्ट छ।’

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, तनहुँ–१ बाट सोही पार्टीका वाग्ले र बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .