राजनीति


मतगणनास्थलमा कार्यकर्ताको नाराबाजी, रविले भने : मलाई संकटमा नपारिदिनू

मतगणनास्थलमा कार्यकर्ताको नाराबाजी, रविले भने : मलाई संकटमा नपारिदिनू

नेपालखबर
बैशाख १०, २०८० आइतबार २२:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कार्यकर्ताले मतगणनास्थलमा पनि नाराबाजी गरेका छन्।

चितवन २ को मतगणनास्थल भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा रविका कार्यकर्ताले नाराबाजी गरेका हुन्।

कार्यकर्ताको नाराबाजीपछि रविले मतगणनास्थलको गेटमा पुगेर नारा नलगाउन आग्रह गरेका छन्। 'मलाई अप्ठ्यारोमा नपार्नू, माया गर्ने भए नाराबाजी नगर्नू', उनले हात जोड्दै भने, 'तपाईंहरूको नाराबाजीले मलाई अहिले नै समस्यामा पारिसकेको छ।'

मतगणनास्थलको गेटमा नाराबाजी भएपछि अन्य दलले आपत्ति जनाएका थिए। यसअघि मतदानका क्रममा नयाँकिरण माविमा नाराबाजी भएपछि रास्वपाले लिखित माफी मागेपछि मात्रै मतगणना अघि बढेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad