राजनीति


ओसारिँदै तनहुँको मतपेटिका, सबै ल्याएपछि मात्रै गणनाको निर्णय गरिने

ओसारिँदै तनहुँको मतपेटिका, सबै ल्याएपछि मात्रै गणनाको निर्णय गरिने

तनहुँमा मतपेटिका गणनास्थलमा ल्याइँदै। तस्बिर : कृष्ण न्यौपाने/रासस


नेपालखबर
बैशाख १०, २०८० आइतबार २०:४४, तनहुँ

तनहुँ क्षेत्र नम्बर १ को मतदानपछि अहिले मतपेटिका ओसारिँदैछ। 

सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समिति परिसरमा मत गन्ने गरी अहिले मतपेटिका ओसारिँदैछ।

तनहुँका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले सबै मतपेटिका आइनसकेकाले आजै मत गन्ने कुराको टुंगो भइनसकेो बताए। 

'आजै मतगणना हुने/नहुने निश्चित भएको छैन। मतपेटिका आउने क्रम जारी छ', उनले भने, 'सबै मतपेटिका आएपछि मात्रै निर्णय हुन्छ।'

तनहुँ १ मा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनभन्दा कम मत खसेको छ। आइतबार सम्पन्न उपनिर्वाचनमा गत निर्वाचनभन्दा दुई प्रतिशत मत कम खसेको हो। 

मंसिर ४ मा तनहुँ–१ मा ५४ प्रतिशत मत खसेको थियो। यसपल्ट यहाँ ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। 

तनहुँ–१ बाट विजयी प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। 

तनहुँका देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडाको भूगोल समावेश गरेर तनहुँ-१ निर्धारण गरिएको छ। 

मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसबाट तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एकबहादुर रानामगरले १९ हजार ९८१ प्राप्त गरेका थिए। 

स्वतन्त्र उम्मेदवार जोशी (जोशी समूहका नेता गोविन्दराज) ६ हजार ८८६ मत ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देल ६ हजार ४४ मतका साथ चौथो भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad