ad ad

राजनीति


जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी

जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी

थम्मन केसी/ बायाँबाट दोस्रो


नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:३४, काठमाडौँ

राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी निर्वाचित भएका छन्। 

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको पाचौँ जिल्ला सम्मेलनले थम्मन केसीको अध्यक्षतामा २९ पूर्ण, ९ वैकल्पिक र ९ सल्लाहकार सहितको जिल्ला समिति चयन गरेको हो। 

राजमोले आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी नवनिर्वाचित समितिको नाम सार्वजनिक गरेको छ।

उपाध्यक्षमा गोपाल पौडेल, सचिव बाबुराम पन्थी, सहसचिव लीला भुसाल र कोषाध्यक्षमा गोविन्द विसी चयन भएका छन्। ९ सदस्यीय सचिवालयमा कबिराम खनाल, कमलप्रसाद घिमिरे, भीमलाल आचार्य र जीवनारायण खनाल चयन भएका छन्।

सदस्यहरुमा साबित्रा घिमिरे, बिना थापा, तुलसा बन्जाडे, कमला थापा, विस्नु सारु, लीला थापा, सीता थापा, लक्ष्मी विक, खिमान्द बेल्वासे, कृष्ण सुनार, गोबिन्द थापा, वीरबहादुर कुँवर, निमिराज भट्टराई, गोपाल पान्डे, डिल बहादुरखत्री, सुदिप पन्थी, भोजराज खनाल, रुद्र पराजुली, डिल्दार हुसेन चयन भएका छन्।

वैकल्पिक सदस्यहरुमा कृष्ण बन्जाडे, विशाल खड्का, बालकृष्ण बराली, हरि आले, शशिधर बन्जाडे, गोपाल भट्टराई, बाबुराम खनाल, हिमलाल बन्जाडे चयन हुनु भएको छ। भने हाल १ स्थान रिक्त राखिएको छ।

यस्तै, सम्मेलनले टेकबहादुर थापा, खडक बहादुर थापा, बाबुराम बन्जाडे, जोगबहादुर सारु, मेघराज खनाल, नारायण घिमिरे, देवी भुसाल, कृष्ण सुनार र खिम नारायण पाण्डेलाई सल्लाहकार चयन गरेको छ ।

‘गणतन्त्र, राष्ट्रियताको रक्षा, संघीयताको खारेजीको लागि आन्दोलन १ वातावरण सन्तुलनसँगै समुन्नत अर्घाखाँचीको लागि पाचौँ जिल्ला अधिवेशन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको जिल्ला सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। 

जनमोर्चाले आगामी असोज–कात्तिकसम्म संगठन सदस्यता वितरण र संगठन सुदृढीकरण गर्ने, संघीयता खारेजी, बढ्दो महंगी एवम् जनजीविकाका सवालमा आन्दोलनको उठान गर्ने तथा वातावरण विनासविरुद्ध पहल गर्ने जनाएको छ। कपिलवस्तुका विभिन्न स्थानमा भइरहेको चुनढुंगा उत्खनन रोक्न पहल गर्ने अध्यक्ष थम्मन केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .