राजनीति


महेश बस्नेतको जिकिर : रास्वपाका सांसद र नेता एमालेको स्कुलिङका

महेश बस्नेतको जिकिर : रास्वपाका सांसद र नेता एमालेको स्कुलिङका

युवा संघको कार्यक्रममा नेताहरु। तस्बिर : निरोज पौडेल


नेपालखबर
बैशाख १०, २०८० आइतबार १२:३४, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र नेताहरु एमाले र युवासंघबाट प्रेरित भएको दाबी गरेका छन्। 

नेपालगञ्ज महाधिवेशनबाट युवा संघको अध्यक्षमा निर्वाचित क्षितिज थेबेको पदभार ग्रहणका क्रममा बस्नेतले यस्तो बताएका हुन्। 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले नयाँ पार्टीमा युवा संघका नेताहरू सांसद बनेको पनि दाबी गरेका छन्। 

सम्बोधनका क्रममा बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सत्ता समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आरोप पनि लगाए।

‘प्रचण्ड कमरेडले तनहुँ र चितवन लगायतमा बोल्नुभएको थियो। हामी एमालेसँग सहकार्य गरिरहेका थियौँ, मेरो ध्यान शेरबहादुर देउवातिर थियो', उनले भने, 'देउवासँग मेरो 'डिप लभ' परेको थियो भन्नुलाई राजनीतिक वेश्याको उपमा दिँदा हुन्छ। प्रचण्डको उक्त राजनीतिक प्रवृत्तिविरुद्ध युवा संघ लड्छ।’

उक्त कार्यक्रममा अध्यक्ष थेबेसहितले पदभार ग्रहण गरेका थिए। पदभार ग्रहणका क्रममा थेबेले युवासंघलाई युवाहरुमाझ लोकप्रिय बनाएर लैजाने बताएको संघका एकजना नेता निरोज पौडेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .