राजनीति


चितवन–२ : रवि लामिछाने र रामप्रसाद न्यौपानेले भोट हाल्न नपाउने

चितवन–२ : रवि लामिछाने र रामप्रसाद न्यौपानेले भोट हाल्न नपाउने

नेपालखबर
बैशाख १०, २०८० आइतबार ८:५१, काठमाडौँ

प्रतिनिधिसभातर्फ रिक्त रहेका तीन निर्वाचन क्षेको पदपूर्तीका लागि आइतबार मतदान जारी छ। चितवन–२, तनहुँ–१ र बारा–२ मा उननिर्वाचन हुन लागेको हो। 

चासोका साथ हेरिएको चितवन–२ मा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बिहानै मतदान गरिसकेका छन्। 

उनले कालिका नगरपालिकास्थित चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका हुन्।

तर, श्रेष्ठसँगै प्रतिस्पर्धामा रहेका रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न पाउने छैनन्। 

लामिछानेको मतदाता नामावली काठमाडौंमा छ। गत ४ मंसिरमा भएको निर्वाचनमा पनि उनले काठमाडौंबाटै मतदान गरेका थिए। 

त्यस्तै, एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ छ। उनीहरुले आज हुने उपनिर्वाचनमा मत दिन नपाउने भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .