ad ad

समाज


तनहुँ–१ : स्वर्णिम र सर्बेन्द्रले भोट हाल्न नपाउने

तनहुँ–१ : स्वर्णिम र सर्बेन्द्रले भोट हाल्न नपाउने

नेपालखबर
बैशाख १०, २०८० आइतबार ९:१८, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन जारी छ। बिहान ७ बजेबाट भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

तनहुँ–१ मा सत्ताच गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्ले उम्मेदवार छन्।

कांग्रेसका भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।

तर, भट्टराईसँग प्रतिस्पर्धामा रहेका रास्वपाका उम्मेदवार वाग्ले र एमाले उम्मेदवार खनालले भने मतदान गर्न पाउने छैनन्।

वाग्ले र खनालको तनहुँबाट मतदाता नामावलीमा नाम समावेश छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .