राजनीति


उपप्रधानमन्त्रीकै स्वीकारोक्तिः नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुरुप छैन

उपप्रधानमन्त्रीकै स्वीकारोक्तिः नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुरुप छैन

नेपालखबर
पुस २२, २०७६ मंगलबार ११:१८,

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गरेका छन्। संविधानले तीन वटै तहका सरकारको कामहरु परिभाषित गरेपनि कामगर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुसार आउन नसकेको बताएका हुन्।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरुबीच द्धन्द हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताए। उनले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानून र संरचनाहरु अझैपनि पूर्णरुपमा निर्माण नभएकाले व्यवहारीक रुपमा अन्तर विरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताए।

त्यस्तै समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरिक्षणमा जानुपर्नेमा उनको जोड थियो। उपप्रधानमन्त्री पोखरेलले विकास मैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भएमात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad