ad ad

राजनीति


राष्ट्रपतिबारे प्रधानमन्त्री : अवस्था गम्भीर छैन, मैले नै उपचारका लागि भारत पठाएँ

राष्ट्रपतिबारे प्रधानमन्त्री : अवस्था गम्भीर छैन, मैले नै उपचारका लागि भारत पठाएँ

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १८:३७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पहलमा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली पठाएको बताएका छन्। 

नेपालमा स्वास्थ्य गम्भीर भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले पनि एक पटक सुविधासम्पन्न ठाउँमा लैजान भनेकाले राष्ट्रपतिलाई भारत पठाइएको दाहालले बताए। 

'राष्ट्रपति अस्वस्थ हुनु भएको हो तर अवस्था भने गम्भीर होइन। आजै बिहान पनि सुधार हुँदै थियो', उनले भने, 'तर डाक्टरहरुबाट राम्रो उपकरण भएको ठाउँमा जाँच्दा ठीक हुन्छ भन्ने सुझाव आयो।'

राष्ट्रपति पौडेलले पनि नेपालमै उपचार गरेर निको हुने इच्छा राखेको पनि उनले सुनाए। 'तर उहाँ (राष्ट्रपति) ले म यहीँ निको हुन्छु भन्नु भएको थियो', उनले भने, 'तर मैले डाक्टरले जे भन्छन् मान्नुपर्छ भनेका थियौँ। छिट्टै उहाँ स्वास्थ्यलाभ गरेर आउनु हुन्छ।'

दिल्ली लगिएका पौडेलको अहिले एम्स अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्सको आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए। 

उनका अनुसार नेपालका चिकित्सकले गरेको पौडेलको उपचार विधि पनि उत्कृष्ट रहेको बताएका छन्। 

‘तपाईंहरुले गर्नुभएको उपचार विधि उत्कृष्ट थियो। हाम्रो नियम, प्रोटोकलअनुसार हामी सबै कुराको परीक्षण आफ्नै ढंगले गर्छौँ। मोइक्रो लेबलमा एनलाइसिस गर्छौँ। २/३ दिनमा नर्मल बेडमा सार्छौं,’ एम्सका चिकित्सकले गरेको कुरा नयाँ दिल्लीमै रहेका राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमको भनाइ उद्धृत गर्दै प्रेस संयोजक कार्कीले नेपालखबरसँग भने।

उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .