ad ad

राजनीति


राप्रपालाई माओवादी सांसदले भने : संसद बैठक राजसंस्थाको वकालत गर्ने थलो होइन

राप्रपालाई माओवादी सांसदले भने : संसद बैठक राजसंस्थाको वकालत गर्ने थलो होइन

नेपालखबर
बैशाख ६, २०८० बुधबार १४:५९, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्। 

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन्। 

उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै त्यस्तो संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको बताए। 

उनले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रुपमा जनताले नमान्ने बताए। सांसद दाहालले संसद भवन विज्ञापन एजेन्सी पनि भएको स्पष्ट पारे। 

उनले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए। बुधबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भनेपछि दाहालले यस्तो जवाफ दिएका हुन्। 

दाहालले संसदमा अमर्यादित, अशिष्ट र अराजक बहस हुने गरेका भन्दै संविधानको जगमा उभिन सांसदहरुको ध्यानाकर्षण गराए।

‘यो सदनमा अहिलेसम्म जसरी विषयवस्तु उठान भएका छन्। बहस भएका छन्। यी अलिक अमर्यादित छन्। अशिष्ट छन्। अराजक छन्। मैले पटक–पटक उठाउँदै आएको छु। कमसेकम संविधानको जगमा उभिएर बहस गर्नुपर्छ', उनले भने, 'संसद विज्ञापन एजेन्सी संस्था होइन, कहीँ विज्ञापन गर्न पाइँदैन। कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाहरुको जबर्जस्ती पैरवी गर्ने थलोको रुपमा पनि संसदलाई जनताले पत्याउँदैनन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .