राजनीति


बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी छिटो तय होस् : राई

बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी छिटो तय होस् : राई

नेपालखबर
बैशाख ४, २०८० सोमबार १६:३०, काठमाडौँ

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले काठमाडौं–तराई दु्रतमार्ग अन्तरगतको खोकना र बुङमतीको जग्गा अधिग्रहणको विवाद अझैसम्म टुंग्याउन नसकेकोमा पनि आक्रोश व्यक्त गरे। 

‘राष्ट्रिय गौरवका आयोजनाहरु बने। यसको सूरु वर्ष र अन्तिम वर्ष पनि उल्लेख गरियो । तर त्यसलाई पूरा गर्नेगरी कहिल्यै काम गरिएन,’ उनले भने, ‘अर्थात् एउटा उदाहरण राष्ट्रपति चुरे संरक्षणको २०७४ मा यसको गुरु योजना बन्यो। र, झण्डै २ खर्ब ५० अरवको लागतमा यसको आफ्नो काम सम्पन्न गर्छ भनियो। तर, आज ५ वर्ष बित्यो। ५ वर्षमा यसलाई छुट्टयाइएको बजेट र उसले गरेको खर्च १२ अर्व मात्रै हा।’

२० वर्षमा उसले २ खर्व ५० अर्व खर्च गर्ने गरी योजना बनेको भएनप िअहिलेसम्म आयोजनाले १२ अर्बमात्र प्राप्त गरेको उनले उल्लेख गरे। 

‘यतिमात्रै कार्यान्वयन भएको छ। बुढीगण्डकी जलविद्युत आयोजनालाई गेम चन्जर कार्यक्रमको रुपमा राखि त्यसलाई चाँडो सक्नुपर्छ  भनेर काम पनि अघि बढायो। तर आजसम्म पनि कसरी गर्ने भनेर मोडालिटीसमेत तय गर्न नसक्दाखेरी आज झण्डै ७/८ वर्ष भयो,’ राईले भने, ‘अहिलेसम्म त्यसले कुनै निकास पाउन सकेको छैन। काठमाडौं तराई दु्रतमार्ग निर्माणका लागि खोकना र बुङमतीको जग्गाको विवाद छ।’

काठमाडौं तराई द्रुतमार्ग निर्माणको विवाद सुल्झाउन सरकारलाई निर्देशन दिएपनि काम अघि नबढेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्। 

‘त्यसको विवाद सुल्झाउ भनेर हामीले २०७६ सालमै पनि सरकारलाई निर्देशन दियौं। आजको मितिसम्म पनि त्यो काम अघि बढेको छैन । र, त्यसलाई वास्ता समेत गरिएको छैन,’ सांसद राईले भने, ‘अन्तर मन्त्रालयको समन्वय भएन। यसलाई समन्वय गरेर यी कामहरु कहिले गर्छ? जवाफ पाउँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad