ad ad

राजनीति


सिंहदरबारको फोहोर नउठाएर काठमाडौंका मेयरले जनस्वास्थ्यमाथि खेलवाड गरे : मन्त्री शर्मा

सिंहदरबारको फोहोर नउठाएर काठमाडौंका मेयरले जनस्वास्थ्यमाथि खेलवाड गरे : मन्त्री शर्मा

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १७:३५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छिन्।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फाहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएका हुन्। 

उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताइन्। 

काठमाडौं महानगरपालिकाका मेयरले संविधान, कानून र स्थानीय सरकार सञ्चालन एने बुझेर काम गर्नुपर्ने उनको भनाइ छ।

‘स्थानीय तहपनि सरकार हो। त्यसले संविधान पनि बुझ्नुपर्छ। त्यसले नीति पनि बुझ्नुपर्छ। कानून पनि बुझ्नुपर्छ र त्यो अनुसार चल्नुपर्छ,’ मन्त्री शर्माले भने, ‘हाम्रो कयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानूनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुनसक्छन्। त्यो कुरा बेठिक पनि लाग्न सक्छन्। तर त्यसलाई परिवर्तन गर्ने सामथ्र्य राख्नुपर्छ।’

जनप्रतिनिधिले कानुन र संविधान मान्दैनौं भन्दा समाजमा पर्नसक्ने असरको बारेमा पनि जानकारी लिनुपर्ने उनले बताइन्। 

‘हामी जनप्रतिनिधि मान्छेले कानून, संविधान मान्दैनौँ भन्यौ भने हुन्छ के? यसले के खालको शन्देश जान्छ र समाजमा के प्रभाव पार्छ? कस्तो सन्देश प्रवाह गर्छ भन्ने कुरा त सकारात्मक सन्देश त प्रवाह गर्दैन,’ उनले भनिन्, ‘संविधानको अनुसूचि ८ मा एकल अधिकार क्षेत्र भित्रमा फोहोरमैला व्यवस्थापनको कुरा स्थानीय तहको हुनेछ भन्नेकुरा स्पष्ट छ। स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ हे¥यौँ भने त्यहाँ बुँदागत रुपमा के–के गर्ने स्थानीय सरकारले भनेर त्यो कुरा लेखिएको छ। तर त्यो लेखिएको विषयलाई अर्को कुनै उद्देश्य पुर्तिका निमित्त र अर्को कुनै कामलाई सल्ट्याउनका निमित्त हड्तालको विषय बनाउनु हुन्न।’

फोहोरको विषय आम जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महानगरपालिकाको मेयरले यस्तो गर्नु राम्रो नहुने उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .