ad ad

राजनीति


ठूला अपार्टमेन्टको वैधानिकता छानबिनका लागि संसदीय समिति बनाउन तोसिमा कार्कीको माग

ठूला अपार्टमेन्टको वैधानिकता छानबिनका लागि संसदीय समिति बनाउन तोसिमा कार्कीको माग

फाइल तस्वीर


नेपालखबर
चैत २९, २०७९ बुधबार १४:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाइरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको वैधानिकता खोजी गर्नुपर्ने बताएकी हुन्।

सांसद कार्कीले त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरिन्। उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराइन्। 

सांसद कार्कीले भनिन्, ‘ललितपुरको बखुन्डोल हाईटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाईरहँदा विना नक्सा पास, विना इआईए, विना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण रुपमा क्षति भएका छन्। भासिने, चर्कने क्रम जारी छ। स्थानीयहरुले पटकपटक उजुरी दिएपनि काम नरोकिएको गुनासो गरेका छन्। अघिल्लो संसद बैठकमा पनि कुरा उठ्यो। तर, बैधानिक प्रक्रिया अघि बढेको छैन।’

उनले थपिन्, ‘सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यसरी देशभर बनाइरहेका होटलहरु, भवनहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गरियोस्। संसदीय समिति बनाईकन यसको छानबिन प्रक्रिया अघि बढाईयोस्। दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .