राजनीति


पौडेल पक्षीय भेलामा ५१ जिल्ला सभापति

पौडेल पक्षीय भेलामा ५१ जिल्ला सभापति

नेपालखबर
पुस २१, २०७६ सोमबार १०:२७,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा जारी छ।

परामर्श बैठक नाम दिइएको उक्त भेलामा ५१ जना जिल्ला सभापति उपस्थित रहेको कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताए। पार्टी सभापति शेरबहादुर देउवाले विधान निलम्बन गरेर १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको निर्णय फिर्ता गराउनु मुख्य उद्देश्य रहेको केसीले बताए।

paudel-congress.jpg

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायतले अहिलेसम्मको अवस्थाबारेमा जानकारी गराएका छन्। नेता पौडेलले जिल्ला सभापतिसँग अब कसरी अगाडि बढ्ने भन्ने बारे सुझाव दिन आग्रह गरेका थिए। अहिलेसम्म ४ जना सभापतिले बोलेका छन्।

paudel-congress3.jpg

एक जिल्ला सभापतिले महाधिवेशनको कार्यतालिका गुटगत रुपमा आएको भन्दै ११ गतेको बैठको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका थिए। उनले सहतिका साथ अघि बढ्न र विधान पलना गर्न नेतृत्वलाई आग्रह पनि गरे।

paudel-congress2.jpg

 (सबै तस्बिरहरू युपी लामिछानेकाे फेसबुकबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad