कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको दोस्रो खेलमा उपाधि दावेदार सानमिगेल मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच अहिले खेल भइरहेको छ। दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा मनाङ मछिन्द्राविरुद्ध १–० गोलले अगाडि छ।
मनाङका फेमी जोशु अदेवुमीले दोस्रो मिनेटमै मनाङलाई अग्रता दिलाएका हुन्। अन्जन विष्टको क्रसमा फेमीले गोल गरेका हुन्। यो अन्जनको एन्फाको कारबाही सकिएपछिको पहिलो खेल हो।
लिग जित्ने लक्ष्यसहित मछिन्द्रले राष्ट्रिय टोलीका खेलाडी समेटेर बलियो टोली बनाएको छ। लामो समय मनाङमा बिताएका अधिकांश खेलाडी पहिलोपटक मनाङविरुद्ध उत्रिएका हुन्।
गत कात्तिक ३० गते अनुशासन उल्ल्ङघन गरेको भन्दै एन्फाको ४५ दिनको कारबाही फुकुवासँगै अन्जन टिममा फर्किएका हुन्।
उनीसँगै कारवाहीमा परेका आर्मीका सन्तोष तामाङ थ्रीस्टारविरुद्धको खेलबाट पुनरागमन गरिसकेका छन्। ७ खेलाडीले एकैपटक क्लब छाडे पनि मनाङले युवा खेलाडीलाई समेट्दै राम्रो टोली बनाएको छ। लिगमा हालसम्म दुवै टोली अपराजित छन्।
चौथो चरणको खेलसम्म मनाङ ३ जित र १ बराबरीसँगै १० अंकमा अंकतालिकाको शीर्ष स्थानमा छ। मछिन्द्र पनि ३ जित र एक बराबरीसँगै ९ अंकमा दोस्रो स्थानमा छ। लिगमा दुई जित र दुई खेल हारको नतिजा निकालेको एनआरटीको ४ अंक छ। संकटा र मछिन्द्रसँग पराजित एनआरटीले सरस्वती युथ र च्यासल युथ क्लबलाई पराजित गरेको थियो।
अघिल्लो वर्ष रेलिगेसनविनाको लिगमा पुछारमा रहेको कारण एनआरटीको २ अंक खोसिएको छ ।

प्रतिक्रिया