ad ad

राजनीति


टीआरसी विधेयकमा सहमति जुटाउन ३ दलका शीर्ष नेताबीच छलफल जारी

टीआरसी विधेयकमा सहमति जुटाउन ३ दलका शीर्ष नेताबीच छलफल जारी

सभामुख निवासमा जारी तीन दलका शीर्ष नेताको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
चैत २८, २०७९ मंगलबार १०:३१, काठमाडौँ

संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने विषयमा सहमति जुटाउन अहिले प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू छलफल गरिरहेका छन्।

सभामुख देवराज घिमिरेको निवासमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूबीच टीआरसी विधेयक पारित गर्ने विषयमा छलफल भइरहेको हो। 

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने तथा महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी छन्। 

यसअघि शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष तीन दलका नेताबीच भएको छलफलमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गर्दा ओलीले अस्वीकार गरेका थिए। उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान ओलीको छ।

यसपछि प्रधानमन्त्री प्रचण्डले आज बैठक बसेर यस विषयमा कुरा टुंग्याउने बताएका थिए।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .