ad ad

राजनीति


एमालेमा फर्कने घोषणा गर्दै न्यौपानेले भने– सम्मानित पद दिए झलनाथ पनि फर्कनुहुन्छ

एमालेमा फर्कने घोषणा गर्दै न्यौपानेले भने– सम्मानित पद दिए झलनाथ पनि फर्कनुहुन्छ

नेपालखबर
चैत २५, २०७९ शनिबार १५:३८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका वरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा नै फर्कने भएका छन्। शनिबार पार्टी परित्यागको घोषणा गर्दै उनले आफू एमालेमा फर्कन लागेको जानकारी गराएका हुन्। 

आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै उनले देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए।

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे।

नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी समेत गरे।

न्यौपानेले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .