ad ad

राजनीति


सय दिन नेतृत्व गर्दा इतिहास बनाउन नसके राजनीतिबाट सन्यास लिन्छु : रवि

सय दिन नेतृत्व गर्दा इतिहास बनाउन नसके राजनीतिबाट सन्यास लिन्छु : रवि

तस्बिर : राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुकबाट।


नेपालखबर
चैत २५, २०७९ शनिबार १५:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मात्र एक सय दिनमा देशको इतिहासले आजसम्म नगरेको परिवर्तन गर्न नसेके राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। 

सत्ताको नेतृत्व गर्न कार्यकाल भाग लगाइरहेको उल्लेख गर्दै लामिछानेले आफ्नो नेतृत्व भएको सय दिनमा इतिहासमा नभएको परिवर्तनको शंखघोष गर्न नसके आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन्। 

तनहुँको आबुखैरेनीमा पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई मत माग्दै लामिछानेले सो कुरा बताएका हुन्। 

‘सत्ता बेक्कारको चिज होइन। प्रधानमन्त्रीको कार्यकालको भाग लगाइएको छ रे,’ लामिछानेले भने, ‘मलाई मात्र १ सय दिनको भाग दिनुस्, यसका लागि मैले बारम्बार भन्दै आइरहेको छु, मात्र १ सय दिनमा देशको इतिहासले आजसम्म नगरेको परिवर्तनको शंखघोष गर्न सकेनौं भने अरु साथीहरुलाई छाडेर म राजनीतिबाट सन्यास लिन्छु।’

साथै, उनले शक्तिले मात्र देश परिवर्तन गर्न सकिने पनि उल्लेख गरे। 

‘मैले यी चिज भन्दैगर्दा, म होसमा छु, म दिउँसो छु, म निदाएको छैन। मैले आँखा खोलेको छु। मैले कुनै लागुपदार्थ सेवन गरेको छैन,’ उनले भने, ‘एक सय दिनभित्र आजसम्म इतिहासमा नभएको काम गर्न सक्छु। मैले प्रधानमन्त्रीजीलाई भनेको थिएँ, तपाईसँग कति शक्ति छ भन्ने तपाईंले थाहा पाउनुहोस् न कि तपाईंका वरपरका मान्छेले। शक्तिले यो देशमा परिवर्तन ल्याउन सक्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .