राजनीति


वामशक्तिबीच फेरि एकता हुन्छ, केही दिनमै मोर्चा बनाउँछौँ : माधव नेपाल

वामशक्तिबीच फेरि एकता हुन्छ, केही दिनमै मोर्चा बनाउँछौँ : माधव नेपाल

सम्पादकहरुसँगको अन्तरक्रियामा माधव नेपाल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत २२, २०७९ बुधबार १५:२, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै वामशक्तिहरु मिलेर मोर्चा बनाउने बताएका छन्। 

बुधबार काठमाडौंस्थित सम्पादकहरुसँगको भेटघाट तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

अब नेपाललाई पछाडिको अवस्थामा फर्काउन सकिँदैन।  उल्टो बाटो हिँड्न सम्भव छैन।  प्रतिगामी क्रियाकलापविरुद्ध एकताबद्ध हुन जनतालाइ अह्वान गर्न चाहन्छौँ,' उनले भने, 'न्यूनतम सहकार्य अनुसार मिलेर जाने योजना छ। लोकतन्त्र, गणतन्त्र र समाजवादको लागि हातेमालो गर्दै अघि बढ्ने तयारीमा छौँ। बाम शक्तिसँग मोर्चा बनाउने तयारी भएको छ। त्यसको केही दिनमा घोषणा हुन्छ।'

उनले कम्युनिस्ट शक्तिबीच कार्यगत एकता हुने पनि दाबी गरे। 'कम्युनिष्टबीच कार्यगत एकता हुन्छ। अब हामी एकताबद्ध हुन्छौँ। हाम्रो विचारसँग मिल्छन् भने एकता हुन्छ', उनले भने, 'तर विलय भएर समाप्त हाम्रो पार्टी हुँदैन, र जाँदैन।'

अहिले गठबन्धनभित्र ५ वटा पार्टीलाई मूल आधार बनाइएको पनि उनले बताए। अब उनले ३ वटा पार्टीबीच वाममोर्चा बनाउने तयारी भएको पनि खुलाए। 

नेपालले प्रतिगामीहरुसँग मिल्नेसँग आफूहरु नमिल्ने पनि बताए। 'जो हिजो मिल्दैनौँ भन्थे अहिले छलफल गर्न थालेका छन्। यो सकारात्मक हो', उनले अगाडि भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .