बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष तेज बहादुर बुढाथोकी ‘अर्जुन’ को निधन भएको छ।
घरमा खाना खाएर सुतेका उनी बिहान नउठेपछि कोठामा हेर्दा उनी बेहोसी अवस्थामा ढलिरहेका थिए। उनलाई अस्पताल पुर्याएलगत्तै मृत्यु घोषणा भएको जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्टले जानकारी दिए।
उनको शव अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
‘बिहान उठ्दा बेहोस अवस्थामा परिवारले देखेपछि अस्पताल लैजाँदैगर्दा मृत्यु भयो। कारणबारे पोस्ष्टमार्टम गरेपछि मात्र थाहा होला,’ विष्टले नेपालखबरसँग भने।
जनयुद्धका क्रममा घाइते भएका बुढाथोकीको टाउकोमा गोलीको छर्रा लागेको थियो। सोही कारण उनको बेला बेलामा ब्लडप्रेसर सन्तुलन तलमाथि भइरहन्थ्यो। ३१ वर्षीय उनको एक छोरा र श्रीमती छन्।
126
Shares

प्रतिक्रिया