राजनीति


लुछाचुँडी र भागबन्डा रोक्नु छ, अल्मलिने छुट छैन : रमेश खरेल

लुछाचुँडी र भागबन्डा रोक्नु छ, अल्मलिने छुट छैन : रमेश खरेल

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत १८, २०७९ शनिबार १६:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनको उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताएका हुन्। 

देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने उनले बताए।

‘देशमा सुशासन नभएसम्म हामी अलमलिरहन्छौँ। तर अब हामीसँग अल्मलिने छुट छैन। हामी अल्मलिनु हुँदैन। हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ,’ खरेलले भने, ‘देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ। हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ।’ 

उनले आफूहरुमा अल्मलिने छुट नरहेको जिकिर गरे। सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको पनि बताए। 

‘हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ। हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चत कसैको छैन।’ उनले भने।

नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad