नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संसदको जारी सत्रमा नागरिकतासम्बन्धी कानुन टेबल गर्न सरकारको ध्याकर्षण गराएका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा जारी संसदको शून्य समयमा उनले संसदबाट पारित गर्ने गरी चालु सत्रमा नागरिकतासम्बन्धी कानुन टेबल गर्न सरकारको गम्भीर ध्याकर्षण गराएका हुन्।
नागरिकताको कानुनको सम्बन्धमा दलहरुबीचमा रहेको बिमति थाती राखेर समझदारी भइसकेका विषय समेटेर कानुन टेबल गरेर पास गर्नु पर्ने थापाको भनाइ छ।
‘जन्मसिद्धका सन्तानहरुले संविधानतह नागरिकता पाउनु पर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनु पर्ने विषयहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामी एकमत छौँ,’ उनले भने, ‘ती विषयहरुलाई मात्र समेटेर भए पनि सरकारलाई अबिलम्ब संसदबाट पारित गर्ने गरी नागरिकतासम्बन्धी कानुन यही सदमा यही सत्रमा टेबल गर्नका लागि म गम्भीर ध्याकर्षण गराउन चाहन्छु।’
प्रतिक्रिया