जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त रावत 'सीके'ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चोरबाटोबाट संसदमा छिराउन उपनिर्वाचनको नाटक गरिएको बताएका छन्।
बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।
पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई पार्टीमा स्वागत गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यादवलाई संसद छिराउन बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको षड्यन्त्र रचिएको बताए।
शिवचन्द्र कुशवाहालाई पटक–पटक अन्याय र बहिष्करणमा पारिएको बताउँदै राउतले अब उनलाई बारा २ को उपनिर्वाचनमा जिताएरै छाड्ने प्रण गरे।
कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै राउतले उपनिर्वाचनमा जितको अग्रिम शुभकामना पनि दिए।
उनले आफूसँग सप्तरी क्षेत्र नम्बर २ मा मंसिर ४ मा पराजित यादवलाई संसद छिराउनकै लागि बारा २ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको पनि दाबी गरे।
‘षड्यन्त्र गरेर कसैलाई चोरबाटोबाट पसाउनका लागि जालझेल रचियो। बारा–२ मा जबरजस्ती सिट खाली गर्न लगाइयो', उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले भने, 'त्यहाँका मतदाताको जनमतको अपमान भयो। चुनावको तीन महिना नगुग्दै खाली गराउनु जनमतको घोर अपमान हो।’
सिट खाली भएर संसदमा घोषणा भइनसक्दै निर्वाचन आयोगले उपनिर्वाचन घोषणा गरेकोमासमेत उनलले रोष प्रकट गरे।
प्रमुख निर्वाचन आयुक्तले दिनेशचन्द्र थपलियाले उपराष्ट्रपतिमा महिलाबाहेक उम्मेदवार बन्न नसक्ने भनेको अवस्थामा सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनले आरोप लगाए।
बारा–२ का जनताले उपेन्द्र यादवलाई बहिष्कार गर्ने पनि रावतको दाबी छ। कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा शंका नरहेको रावतले बताए।
प्रतिक्रिया