प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट विस्तारका लागि मन्त्रीको नाम मागेपछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सचिवालयको आकस्मिक बैठक डाकेका छन्।
एक महिनादेखि १६ मन्त्रालय सम्हालिरहेका प्रचण्डले बुधबार नै केही मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन्।
त्यसका लागि सहमति जुटेका केही मन्त्रालयमा गठबन्धन दलबाट नाम सिफारिस गराएर शपथ तयारी उनले गरेका हुन्।
प्रचण्डले एकजनाको भए पनि नाम दिन भनेपछि अध्यक्ष नेपालले अहिले केहीबेरमा बस्ने गरी आलोकनगरमा सचिवालय बैठक डाकेका हुन्।
समाजादीबाट उपाध्यक्ष बेदुराम भुसालसहित प्रकाश ज्वाला र धनबहादुर बुढाको नाम सम्भावित मन्त्रीका रुपमा चर्चामा छ।
उक्त बैठकले सकेसम्म तीनजनाको नाम सिफारिस गर्ने भएको छ। तर प्रचण्डले समाजवादीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेका छन्। समाजवादीले एक उपप्रधानसहित तीन मन्त्रीमा दाबी गरिरहेको छ।
मंगलरबार मात्रै बसेको केन्द्रीय सचिवालय बैठकले उपप्रधामन्त्रीसहित कम्तीमा तीन मन्त्रालय लिएर सरकारमा सहभागी हुने निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका थिए।
मंगलबार बालुवाटारमा अध्यक्ष मावधकुमार नेपालले प्रधानमन्त्रीसँग गरेको भेटमा पनि तीन मन्त्रालयको अडान राखेका थिए।
प्रचण्डमाथि मन्त्रिमण्डल विस्तारलाई लिएर दबाब बढिरहेको छ। उनले १० दलीय गठबन्धनका सबै दललाई मन्त्री दिएर क्याबिनेट विस्तार तयारी गरेका छन्।
प्रतिक्रिया