मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सत्ता गठबन्धनको बैठक सुरु भएको हो।
हिजो साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो।
सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
हिजोको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन्।
आजको बैठकमा हिजोको बैठकमा वितरित सरकारको साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।
बैठकमा दस दलका शीर्ष नेता सहभागी छन्।
दसदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी छन्।
प्रतिक्रिया